नेपाली राजनीतिमा अध्ययन हराउदै गएको छ : उपसभापति गुरुङ

बुलन्द खबर संवाददाता

काठमाडौँ,५ साउन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनितीमा अध्ययन हराउदै गएको बताएका छन् ।

नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले अध्ययन नभएको ठाउँमा झगडा हुने बताए ।उपसभापति गुरुङ भन्छन् , “जहाँ अध्ययन हुँदैन त्यँहा ज्ञान हुँदैन, ज्ञान नभएको ठाउँमा बाहुबली हुन्छ, जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द र झगडा हुन्छ। जहाँ द्वन्द, झगडा हुन्छ त्यहाँ विनाश निम्तिन्छ। नेपाली राजनीति झगडा र विनाश उन्मुख छ ।”

आजको पुस्ताले अध्ययनमा समय खर्चिन नचाहेको तर्फ संकेत गर्दै माइक र मंच पायोकि अरुलाई गाली मात्रै गर्ने यसको पछिल्लो उदाहरण भएको तर्क दिए । अध्ययन नभएका कारण आजभोलि राजनीतिमा आउने बित्तिकै मैले के पाए भन्ने गरेको उहाँले उदाहरण प्रस्तुत गरेका थिए । उनले भने, ” अध्ययन विना ज्ञान हुँदैन ज्ञान नभएको ठाउँमा मैले के पाए भन्ने मात्र हुन्छ ।”