संसदमा रास्वपाको अवरोध कायमै, एक्लै भएपनि सत्यको बाटो नछोड्न रविको निर्देशन

बुलन्द खबर संवाददाता

काठमान्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा अवरोध कायमै राखेका छन्।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि रास्वपाले यस्तो निर्णय लिएको हो।

नैतिकताको कुरा गरेर नैतिकवान देखिन खोज्ने गृहमन्त्री आँफै नैतिकहिन देखिएका छन्। मानव तस्करमा संलग्न कोहि पनि तत्काल राजिनामा दिनुपर्छ भन्दै रास्वपाले गृहमन्त्री लेखकको राजिनामा मागिरहेका छन्। तर गृहमन्त्री लेखक भने राजीनामाको कुरामा टसको मस भएका छैनन्।

आफ्ना सांसदहरुलाई सत्यको बाटो नछोडी अवरोध कायमै राख्न रवि लामिछानेले काराबारबाटै निर्देशन दिएका छन्।