बर्षको पहिलो दिन सेयरबजारले गरयो स्वागत

बुलन्द खबर संवाददाता

काठमाडौं ।
वर्षको पहिलो दिन सेयर बजार बढेको छ ।

 

नयाँ बर्षसँगै नेप्से परिसुचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको छ।

 

बर्षको पहिलो दिन परिसूचक मात्रै नभइ कारोबार रकममा पनि उल्लेख्य बढेको छ । आज ८ अर्ब ५४ करोड बढीको कारोबार भएको छ, जबकी  आइतबार ६ अर्ब २८ करोडको कारोबार थियो ।

 

२१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनिको भने घटेको देखिएको छ।