ईतिहास रच्यो पुर्णबहादुरको सारङ्गीले

बुलन्द खबर संवाददाता

काठमाडौं ।
नेपाली चलचित्रको इतिहासमा आफ्नो छुट्टै नाम लेखाउन सफल चलचित्र हो पुर्ण बहादुरको सारङी ।यो चलचित्रले थुप्रै रेकर्ड तोड्नुका साथै २०८१ सम्म सबै भन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको छ । यस चलचित्रले नेपाल चलचित्र संघको तथ्यांकअनुसार ४६.८० करोड आम्दानी गरेको छ । यस चलचित्रको मुख्य भुमिकामा रहेका विजय बरालको चौतर्फी तारिफ भएको थियो । यसका अल्लाबा प्रकाश सपूत ,अन्जना बराइली , बुद्धि तामाङ , मुकुन भुसाल आदिको मुख्य भुमिका रहेको थियो ।