
स्याङ्जा-शिक्षाप्रेमी, व्यवसायी एवं समाजसेवी डा. बुद्धिमान श्रेष्ठले चापाकोट नगरपालिका ९ मा रहेको गंगालाल माध्यमिक विद्यालयलाई स्वर्ण जयन्तीको उपलक्ष्यमा व्यक्तिगत २ लाख १ सय ४१ रुपैयाँ सहयोग गर्नुभएको छ ।
गंगालाल माविमा अध्ययन गरेर सफल व्यापार व्यवसाय गर्ने विद्यार्थीहरुमध्ये श्रेष्ठ अग्रपंंक्तिमा हुनुहुन्छ । केडिसी हस्पिटलका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ बीएम फाउन्डेसनका अध्यक्ष एवं कालीगण्डकी विकासका अभियन्ता हुनुहुन्छ ।
गंगालाल माविका पूर्व विद्यार्थी (विसं २०४१) समेत रहनुभएका डा. बुद्धिमान श्रेष्ठ काठमाडौंमा रहेका दर्जनौँ संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहनुभएको छ । स्याङ्जा जिल्लाको दक्षिण पुर्बी भेगमा रहेको चापाकोट नगरपालिका वडा नम्बर ९ सुन्तलिटारमा अबस्थित गंगालाल माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाउने तयारीमा छ । २०३१ सालमा स्थापना भएको गंगालाल माविले आफ्नो ५० औं बर्ष पार गरेको अवसरमा माघ १० देखि १६ गतेसम्म स्वर्ण महोत्सब संचालन गर्न लागेको हो।